नेपालमा दशबर्षे युद्ध भयो । युद्ध सँगैको अवस्थामा युद्ध सक्ने अभियान बोकेको सरकार र युद्ध चर्काउँदै जनतालाई न्याय दिलाउन खोज्ने युद्धमा होमिएकाहरु सवैले अन्तराष्ट्रिय स्तरबाटै आएका सवै नीति र नियमहरुको पालना गर्नुपर्ने हुन्थ्यो । तर युद्धताका यस्ता घटनाहरु घटे जसले जघन्य मानव अपराधहरु भए, लुटपाट भए, हत्या भयो, आतंक सृजना भयो । यो एउटा पक्षबाट भएको मान्न सकिदैन् । युद्धमा होमिएका र सरकारमा बसेका दुवै पक्षबाट यस्ता घटनाहरु भए । जुन घटनाहरु मध्येका केही जीवित घटनाहरुको मात्र यहाँ विश्लेषण थालिएको छ जसको बारम्वार चर्चा परिचर्चा र कुराहरु बाहिर आए त्यस्ता घटनाहरुको मात्र संवेदनसिलता हेरिएको छ ।
घटनाहरुमा संलग्नहरुकै बयानका आधारमा समातिएका व्यक्तिहरुलाई कानुन अनुसार उपचार गर्न नमिल्ले ठहर गरेपछि न्याय र अन्यायको विश्लेषण गर्ने ठाउँ भने भेटीदैन् तर सोच्नु जरुरी हुन्छ संलग्न नभएकाहरुलाई संलग्न भएको भन्दै आरोप लगाईएको हो वा आरोपितहरुले नै साथमा रहेको भनेका हुन् । यस्ता बिषयहरुले न्याय र अन्याय दुवैलाई उत्तिकै तौलिएको छ ।
कानुनमै उल्लेख नगरिएका कुराहरु जुन गैर न्यायीक हत्या हुन् त्यस्ता घटनाहरु अहिले लोकतन्त्रमा समेत बाहिर आएका बेला तत्कालिन द्धन्द्धमा सरकार र बिद्रोही दुबै पक्षकाहरुबाट कति सम्मका गैर न्यायीक हत्याहरु भए होलान् यो सोचनिय बिषय बनेको छ । राजनीतिमा क्षेणिक फाईदाका लागि होईन बारम्वार दोहोरीने यस्ता गैर न्यायीक हत्याहरु बन्द गराउनतर्फ सरकार प्रमुखहरु र अन्य निकायहरु लाग्नुपर्दछ । नत्रभने जसलाई जुन बाहनामा पनि मार्न सकिने नहोस् नेपालमा ।








